

३ पुष,नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता र सरकार गठनबारे आन्तरिक छलफल भइरहेकाले सहमतिमै सबै कुरा टुंगो लगाउने बताएका छन्।
सोमबार रिपोर्टर्स क्लबको साक्षात्कारमा रावलले पार्टी एकता र सरकार गठनबारे दुबै पार्टीकाशीर्ष नेताहरु बसेर छलफल अघि बढाईसकेको बताए।
उनले भने,‘हामी अहिले दुई वटा पार्टीलाई एउटै बनाउने भनेर एकता प्रक्रिया सुरु गरिसकेका छौं, अबको प्रधानमन्त्री केपी शर्मा ओली बन्ने सम्भावना बढी छ, हामी बैठक बसिरहेका छौं, संयोजन समिति निर्माण गर्ने प्रक्रियामा छौं, एकतागर्दा हामी केन्द्र, प्रदेश, जिल्ला र स्थानीयतहका पार्टी कमिटिलाई समायोजन गरेर जान्छौं।’
उनले ओली र प्रचण्ड दुबै नेतालाई आपसी मेलबाट अध्यक्ष र प्रधानमन्त्रीको भूमिका उचित किसिमबाट दिई सन्तुलनमा राखेर अघि बढ्ने विश्वास दिलाए। रावलले भने,‘अहिले प्रधानमन्त्रीमा जसको नाम आएको छ, उहाँलाई बधाई तथा शुभकामना दिऔं, दुबै नेताहरुलाई सन्तुलनमा राखेर हामी अघि बढ्छौं।’
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।