पुस ३,एसी मिलान र रियल म्याड्रिडका पूर्व मिडफिल्डर काकाले फुटबलबाट सन्यासको घोषणा गरेका छन् ,सन् २००२ मा ब्राजिलको विजेता टोलीका सदस्य रहेका काकाले आइतबार सन्यासको घोषणा गरेका हुन् ।
३५ वर्षीय खेलाडीले आफ्नो ट्वीटर एकाउन्टबाट सन्यास लिएको जानकारी दिएका हुन् ।ब्राजिलको साउ पाउलो क्लबबाट आफ्नो करियरको शुरुवात गरेका काका पछिल्लो समय एमएलएस क्लब ओर्लान्डो सिटीसँग आबद्ध थिए ।गत अक्टोबरमा उनले ओर्लान्डोका लागि अन्तिम खेल खेलेका थिए । नोभेम्बरमा उनलाई मिलानको निर्देशकको भूमिका अफर गरिएको रिपोर्टहरु पनि बाहिर आएको थियो ।
विश्वकप, बालोन डि’ओर र युरोपियन कप/च्याम्पियन्स लिग जित्ने आठ खेलाडीको सूचीमा काका समावेश छन् । यस सूचीमा अन्य खेलाडी बबी चार्लटन, गर्ड मुलर, फ्रांक ब्याकेनवउर, पाउलो रोस्सी, जिनेदिन जिदान, रिभाल्डो र रोनाल्डिन्हो रहेका छन् ।
उनी उत्कृष्ट ड्रिब्लिङ र मैदानमा रचनात्मक भूमिकाका लागि चर्चित थिए । ब्राजिलका लागि ९२ खेल खेल्दै उनले २९ गोल गरेका छन् ।सन् २००७ मा मिलानसँग च्याम्पियन्स लिगको उपाधि जितेका उनले सोही वर्ष बालोन डि’ओरको उपाधि जितेका थिए ,सन् २००३ र २००९ का बीचमा मिलानसँग उनले इटालिन लिगको उपाधिसँगै क्लब विश्वकपको उपाधि पनि जितेका थिए ।
तत्कालिन विश्वकिर्तिमानी ५६ मिलियन पाउण्डमा सन् २००९ मा रियल म्याड्रिडसँग सन् २०११ मा कोपा डेल रे र अर्को वर्ष ला लिगाको उपाधि जिते ।
त्यसपछि घुँडामा चोट लागेका कारण उनले लामो समय मैदानबाहिर बिताउन पर्यो । सन् २०१३ मा उनी मिलान फर्किए भने त्यसलगत्तै उनी ओर्लान्डो पुगेका थिए ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।