हेटौँडा,३ पुस,
विधिको शासनको वकालत गर्दै हिडने जेसिजले निर्वाचनको समयमा चरम लापरवाहि पनि गर्न सक्छ भन्ने गतिलो प्रमाण हेटौँडामा रहेको सबैभन्दा पुरानो जेसिज हेटौँडा जेसिजले दिएको छ ।
निर्वाचन आयुक्त समेत रहेका हेटौँडा जेसिजका निवर्तमान अध्यक्ष धर्मराज बानीयाले लापरवाही ढंगबाट साधार पन्नामा सूचना टाँस गरि बेखरब भएपछि हेटौँडा जेसिजको निर्वाचनमा अन्योलता छाएको हो ।
पारिवारिक कारण देखाउँदै कुनैपनि बेला हेटौँडा बाहिर जानुपर्ने भन्दै बर्तमान अध्यक्षलाई समेत जानकारी नदिई बेखरब भएपछि जेसिजको निर्वाचन अन्योलतामा फसेको हो ।
हेटौडा जेसिजको बर्ष २०१७ को नया नेतृत्वको लागि हिजो पुस २ गते आईतबार हुने निर्बाचन आयुक्त रहेका बानियाले एकल निर्णय गर्दै सूचना टाँसेर हिडेपछि समस्या आएको हो ।

आफ्नाले हार्ने देखेपछि वानीया सहितको टिमले यो निर्णय लिएको प्राराम्भिक अनुमान गरिएको हेटौँडा जेसिजका एक अग्रज सदस्यको दाबी छ । उनले खबरब्रेकलाई भने : हेटौँडामा कयौँ वर्षबाट हुने गरेको टिके प्रचलन तोडिएको, र फेरि पनि टिके प्रचलन ल्याउन खोज्नेहरुले आफ्नो हार निश्चित देखेपछि यस्तो नाजायज काम गरेका हुन् । उनीसंग आफुले नभ्याउने भएको अवस्थामा पनि थुप्रै विकल्पहरु थिए, पुर्व अध्यक्षलाई कार्यभार सुम्पन सक्थे, तर त्यस्तो नगरेपछि हामीले चुरो कुरा पत्ता लगाएका हौ ।
उता जेसिजको इलेक्सनलाई आउँदै गरेको मकवानपुर उद्योग वाणिज्य संघको इलेक्सनमा समेत दाँजेर हेरिएको छ । यहाको इलेक्सन रिजल्ट ले मकवानपुर उद्योग वाणिज्य संघमा समेत प्रभाव पार्ने संभावना भएको कारण पनि यस्तो कार्य गरेको हुनसक्ने केहि सदस्यहरुको दाबी छ ।

हेटौडा जेसिजको बर्ष २०१७ को निर्बाचन कार्यक्रम डिसेम्बर ३० भित्र गरीसक्नु पर्ने बिधानमा उल्लेख छ । सोहि अनुसार डिसेम्बर १७ को लागि राखिएको निर्वाचनमा अनावश्यक बखेडा निकालेर जेसिजलाई देशरभ बदनाम गर्न खोजेको भन्दै अध्यक्ष अरुण दाहालले आक्रोश ब्यक्त गरे

हेटौडा जेसिजको बर्ष २०१७ को निर्बाचनका प्रकृयाहरु मंसिर २९ गते बाट संचालन भैरहेको र मनोनयन दर्ता,उम्मेदवारी,दाबीबिरोध,अन्तिम नामावली,तालिम,अन्र्तबार्ता जस्ता प्रकृयागत तालिकाहरु सम्पन्न भैसककाछन् । यो अवस्थामा बानीयाले गैरजिम्मेवार काम गरेको भन्दै दाहालले दुख ब्यक्त गरे । बानीयाले जिम्मेवारीबाट भाग्न खोजेपछि जेसिजको बैठकले ४ गतेसम्मको लागि उनलाई अल्टिमेटम दिएको छ । ४ गतेसम्म बानीयाले कुनै काम नगरे पुर्व अध्यक्ष अञ्जनी पराजुली मार्फत निर्वाचन गर्न निर्णय समेत गरेको छ ।

यदी पराजुलीले पनि उक्त दिन समयमै निर्बाचनको कार्यक्रम सुरु नगरे सिनेटर एबं पुर्ब अध्यक्ष कबिन सांगामी,सिनेटर एबं पुर्ब अध्यक्ष दिपकराज मिश्र,पुर्ब अध्यक्ष जेसी कुश कुमार रिजाल,पुर्ब अध्यक्ष बाशु न्यौपाने चार जना मध्ये एकजनाले निर्बाचनको बाकी कार्यक्रम संचालन गर्न जिम्बेवारी दिईएको बताईएको छ ।

पौष ८,९ र १० गते सिर्दाथनगर जेसिजको आयोजनामा हुने राष्ट्रिय अधिबेशनका लागी शाखा अध्यक्ष सिनेटर अरुण दाहालले राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी दिदैछन् । तर हेटौडा शाखाको निर्बाचन कार्यक्रम रद्ध भएको कारण उक्त कार्यक्रम्मा जान समस्या परेको उनले बताएका छन् ।