स्पेनिस क्लब रियल मड्रिड क्लब विश्वकप फुटबल प्रतियोगिताको उपाधि लगातार दोस्रो पटक जित्न सफल भएको छ । क्रिस्टियानो रोनाल्डोको फ्री किक गोलको मद्धतामा ब्राजिलियन क्लब ग्रेमियोलाई १–० ले पराजित गर्दै रियल मड्रिडले लगातार दोस्रो पटक क्लब विश्वकपको उपाधि जितेको हो ।

उपाधि रक्षा गर्ने क्रममा रियलका लागि खेलको ५३ औँ मिनेटमा विश्व वर्ष खेलाडी रोनाल्डोले फ्री किकबाट गोल गर्न सफल भएका थिए ।

यो सँगै जिनेदिन जिदानको कमानमा रहेको रियलले एकै वर्षमा पाँच उपाधि जितेको छ । रियलले गत सिजन स्पेनिस ला लिगा र युरोयिपन च्याम्पियन्स लिगको पनि उपाधि उचालेको थियो ।

योसँगै रियलले क्लब विश्वकपको उपाधि तेस्रो पटक जितेको छ । यसअघि तीन पटक क्लब विश्वपक जितेको स्पेनिस क्लब बार्सिलोनासँगको रेकर्ड पनि उसले बराबरी गरेको छ ।