हेटौँडा,२ पुस,
आउँदो पुस १५ गतेबाट सुरु हुने मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको लागि आज हेटौँडामा प्यानल घोषणा भएको छ । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्षमा उम्मेद्वारी घोषँणा गरेका वर्तमान अध्यक्ष राजकुमार न्यौपाने तथा उपाध्यक्ष कृष्ण अग्रवालले उम्मेद्वारी फिर्ता लिएका छन् ।
न्यौपाने तथा अग्रवालले वर्तमान महासचिव समेत रहेका महेन्द्र राउतलाई अध्यक्षमा समर्थन गरेका छन् । पत्रकार सम्मेलनमा उनीहरुले भावी अध्यक्षको लागि राउतलाई समर्थन गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष न्यौपानेले आफुहरु नेतृत्व हस्तान्तरणको प्रकृयामा लागेको बताए । आफुले एक पटक अध्यक्षको कार्यभार सम्हालीसकेको र केन्द्रमा समेत प्रतिनिधित्व गरिसकेको बताउँदै उनले वर्तमान महासचिवलाई अध्यक्षको लागि समर्थन गरेको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै वर्तमान उपाध्यक्ष समेत रहेका कृष्ण अग्रवालले यो कार्यकालको लागि राउतलाई समर्थन गरेको बताए । आफ्नो घरयासी कारण यो पटक नेतृत्वको लागि केहि समस्या भएको र महेन्द्र राउतको पनि इच्छालाई आफुले नकार्न नसकेको भन्दै उनले आफु पुन वाािणज्य तर्फको उपाध्यक्षमा उम्मेद्वारी दिने गरि राउतलाई समर्थन गरेको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्यासी महेन्द्र राउतले आफुलाई वर्तमान अध्यक्ष, उपाध्यक्ष सहितका धेरै पदाधिकारी र सदस्यहरुले समर्थन गरेको भन्दै खुसी ब्यक्त गरे । अध्यक्षमा विजयी भएको खण्डमा यो कार्यसमितिले गर्न नपाएको सबै अधुरो कामहरु आफुले गर्ने उनको भनाई रहेको छ ।
कार्यक्रममा उद्योग तर्फको उपाध्यक्षमा रबिन्द्र घिमिरे सहितले उम्मेद्वारी घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।