जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको टाटासुमो तथा स्करपियो

हेटौँडा,२ पुस
सुमोमा यात्रु ठग्ने क्रम नरोकिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुमो चालक तथा टिकट काउन्टरमा रहने कर्मचारीलाई पक्राउ गर्ने अभियान सुरु गरेको छ ।
हेटौँडाबाट काठमाण्डौँ जाने टाटासुमो मा यात्रु निरन्तर ठगिएको भन्ने सूचनाको आधारमा आज भएको जाँचमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५ जनालाई पक्राउ हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएका प्रहरी टोलीले तोकिएको भन्दा बढी भाडा असुल गर्ने व्यक्तिहरु सवारी साधन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले ना १ ज २४४० नम्बरको सुमोका चालक २१ वर्षीय राजु प्रसाद थपलियालाई पक्राउ गरेको छ । उनी मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा बसोबास गर्छन् । त्यस्तै ना १ ज ६२५० नम्बरको सुमोका चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ३४ वर्षीय सुकबहादुर थिङ,बा १५ च ९०३८ नम्बरको स्कारपियोका चालक नुवाकोट जिल्लाको वेलकोट ८ बस्ने वर्ष ५० वर्षीय नरबहादुर नेपाललाई समेत पक्राउ गरेको छ ।