तस्बिर : गोल डटकम

एजेन्सी, २ पुस । सन् १९८६ मा मेक्सिकोमा सम्पन्न भएको फिफा विश्वकपमा आफ्नो टीमलाई जीतका लागि प्रोत्साहित गरेका पूर्व अर्जेन्टिनी कप्तान डिएगो म्याराडोनाले लियोनल मेसीबारे नयाँ खुलासा गरेका छन् ।

 

मेसी २० खेलाडीलाई प्रोत्साहित गर्न असफल भएको म्याराडोनाले आरोप लगाएका छन् । मेसीले खेलाडी व्यवस्थापन गर्न नसकेको उनको तर्क थियो ।  मेसी अर्जेन्टिनाका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् तर टीमले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेको छैन ।

 

यसबाहेक म्याराडोनाले स्पेनिश फुटबल क्लब रियल म्याड्रिडले यो सिजनमा कम गोल गरेको र त्यसको समाधान आफूसँग भएको बताए । उनका अनुसार रियलले फ्रान्सका युवा खेलाडी केलियन मबाप्पेलाई पिएसजीबाट खरिद गर्नुपर्छ र ग्यारेथ बेललाई टीमबाट बाहिर राख्नुपर्छ ।

 

चोटका कारण बेलले रियलका लागि धेरै खेल खेल्न सकेका छैनन् तर क्लब विश्वकपको सेमिफाइनलमा भने उनले राम्रो प्रदर्शन गरेका थिए ।