हेटौँडा,२ पुस,
दिवंगत पत्रकार सुमन भोम्जनको स्मृतिमा गठन भएको सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुरले आयोजना गर्ने भनेको दोश्रो खेलकुद तथा वृहद व्यापार महोत्सवको स्थगीत गर्न व्यापारीहरुले नै माग गरेका छन् ।
कपडा तथा तयारी पोसाक व्यवसायिक संघ मकवानपुरले आज मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाइ एक ज्ञापन पत्र पेशगर्दे मेला स्थगनको माग गर्दे एक ज्ञापन पत्र पेश गरेको हो । संधका अध्यक्ष समिरलाल डंगोलले मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रवहादुर वुढालाइ ज्ञापन पत्र वुजाएका छन् । ज्ञापनपत्र वुझाउदै संस्थाका अध्यक्ष डंगोलले यस प्रकारको व्यापार मेलाको आयोजना गर्दा यहाका व्यापार व्यवसायनै चौपटहुने अवस्था आउने भएको हुनाले मेलाको स्थगनको माग गरेका हौ संस्थाका अध्यक्ष समिरलाल डंगोलले बताए ।
हामीले प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र वुझाएका छौ । सिडियो सापले स्थगनको निर्णय नगर्ने हो भने हामी प्रतिकारमा उत्रन्छौ । यसको जिम्मेवार स्वयम प्रमुख जिल्ला अधिकारीनै हुनु पर्दछ । अध्यक्ष डंगोलले बताए ।
यस प्रकारको व्यापार महोत्सवको आयोजना गर्दा वाहिरका व्यापारीहरुमात्र आउने गुणस्तरहिन लत्ता कपडाको मात्र व्यापारहुने यसैको कारण मकवानपुरका व्यापारीहरु विस्तापितहुने अवस्थामा पुग्ने भएको कारण विरोध गरिएको कपडा तथा तयारी पोसाक व्यवसायी संध मकवानपुरका अध्यक्ष डंगोलको भनाई रहेको छ ।
लामो सयम भुकम्प नाकावन्दी र २५ मिटरको समस्याले व्यापारी आक्रान्त वनेको अवस्थामा वल्ल वल्ल व्यापारको समयमा वाहिरका व्यापारीहरु आएर मेला महोत्सवको नाममा फेरी यस प्रकारको कार्य गर्दा यहाका व्यापारी वाच्ननै नसक्ने अवस्थामा पुग्ने उनको भनाई रहेको छ ।
यस सम्वन्धमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रवहादुर वुढाले ज्ञापन पत्र प्राप्त भएको वताउदै यस सम्वन्धमा छलफल गर्न आयोजक संस्थालाइ वोलाउने बताए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।