रियाद , साउदी अरेबियाको ट्राफिक कार्यालयले महिलाहरूलाई पनि ट्रक र मोटरसाइकल चलाउन पाउने व्यवस्था गरेको छ । देशले औपचारिक रूपमा यस्तो व्यवस्था आगामी वर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ । साउदी अरेबियाका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेप्टेम्बरमा महिलाहरूलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिएका थिए ।
यसपूर्व साउदीमा महिलाहरूले कुनै पनि सवारीसाधन चलाउन नपाइने व्यवस्था रहेको थियो । मुस्लिम देश साउदीमा महिलाहरूले बुर्का लगाउने र अनुहार तथा शरीर छोप्नुपर्ने सांस्कृतिक प्रचलनका कारण सवारीसाधन चालक बन्न पनि नदिने गरिएको हो । महिलाहरूले पनि पुरुषले सरह सवारी चालक बन्न पाउनुपर्ने माग गर्दै साउदी अरेबियामा अधिकारवादीले लामो समयदेखि दबाब दिँदै आएका थिए । —एजेन्सी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।