हेटौँडा,२ पुस
सरकारको आज बस्ने मन्त्री परिषदको बैठकले सातवटै प्रदेशको अस्थायी राजधानी आज तोक्ने भएको छ । अस्थायी राजधानी तोकेपछि मात्र प्रदेश सरकार निर्माणमा सहज हुने भन्दै सरकारले आज राजधानी तोक्ने तयारी गरेको हो ।
आज बस्ने मन्त्री परिषदले सबै क्षेत्रबाट आएको सुझावको आधारमा अस्थायी राजधानी तोक्ने बताएको छ । यस अघि सरकारले लिएको सुझावको फेरबदल हुनसक्ने जनाइएको छ ।
अस्थायी राजधानीको लागि हालसम्म प्रदेश नंबर ४ को पोखरा र प्रदेश नंबर २ को जनकपुरको संभावना लगभग निश्चित भएपनि अन्य प्रदेशको हकमा भने अझै अन्योलता रहेको छ ।
यस्तो छ मकवानपुरको संभावना
प्रदेश नंबर ३ को राजधानीको लागि सरकारले यस अघि भक्तपुरलाई सिफारिस गरेको थियो । तर भक्तपुरको विषयमा निकै विवाद भएपछि यो विषयमा पुन छलफल गर्ने गरि मकवानपुर, काभ्रे, ललितपुरबाट पनि विवरण माग गरिएको थियो । सरकारले माग गरेको सबै विवरण जिल्ला प्रशासन कार्यालय मार्फत सरकरलाई पठाईसकिएको छ ।
भुगोलको हिसावले मकवानपुर मध्य भागमा नरहेपनि अन्य सबै हिसाबले मकवानपुर उपयुक्त देखिएको छ । यहा निर्माण हुदै गरेको धरान चतरा राजमार्ग, फास्ट ट्र्याक सहितका राष्ट्रिय राजमार्गको कारण मकवानपुर यस क्षेत्रमा रहेका सबै जिल्लाको पायक पर्ने स्थानको रुपमा हेरिएको छ ।
मकवानपुरका सबै राजनीतिक दलहरुका नेताहरुको मुख्य एजेण्डा बनेको प्रदेशको राजधानी बनाउने विषयले समेत देशभर चर्चा पाएको कारण सरकारले मकवानपुरलाई राजधानी घोषणा गर्ने संभावना रहेको छ ।
मध्यमाञ्चल क्षेत्रीय कार्यालय समेत रहेको यस क्षेत्रमा राजधानीको लागि आवश्यक भौतिक पुर्वाधार, सडक, तथा सुरक्षा निकायका सबै कार्यालयहरु रहेकोले पनि सरकारले मकवानपुरलाई राजधानी तोक्न सक्ने देखिएको छ ।
भर्खरै निर्वाचित भएका सबै ६ जना सांसदहरुले पनि मकवानपुरमा राजधानी बनाउनुपर्छ भन्ने विषयमा एकमत रहेकोले पनि निकै बल पुगेको छ । सबै पार्टीको प्रमुख एजेण्डा र प्रतिष्ठासँग जोडिएको विषय भएकोले सरकारले यसअघि भएको भक्तपुर सिफारिसलाई परिवर्तन गर्दै हेटौँडालाई राजधानी बनाउन सक्ने संभावना उच्च बनेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।