तस्वीर गुगल

२०७४, २ पुष  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हरेक दिन चर्चामा आइरहन्छन् । आफ्ना अनुदारवादी नीतिहरुका कारण उनले आलोचकहरु समेत प्रशस्त कमाएका छन् । पछिल्लो दिनमा इजरायलको राजधानी जेरुसेलम सार्ने निर्र्णय गरेपनि उनको चौतर्फी आलोचना भइरहेको छ ।हठी, कडा र अनुदार व्यक्तिका रुपमा चिनिने ट्रम्पका कैयन बानीहरु भने अचम्मका छन् । पढौं यस्तै अचम्मलाग्ने उनका बानी र उनले नगरेका कुराहरु

अमेरिकामा खर्बपति रूपमा परिचित डोनाल्ड ट्रम्प सन् १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा जन्मिएका हुन् ।सन् १९७१ देखि देशको धनाढ्यका रुपमा चिनिएका ट्रम्पले सन् १९८० मा न्युयोर्कमा ग्रान्ड हायात होटल खोलेर चर्चाको शिखर चढेका थिए ।उनलाई सन् २०१६ मा फोब्र्स म्यागजिनले अमेरिकाकै सर्वाधिक धनीको सूचीमा राखेको थियो भने विश्वमा ३२४ औँ स्थानमा परेका थिए । उनको कुल सम्पत्ति करिब ३।७ अर्ब डलर रहेको फोब्र्सले २०१६ मा अनुमान गरेको थियो ।

राष्ट्रपति हुनुअघि उनको परिचय रियल स्टेट व्यवसायी ९जग्गा जमिनसम्बसन्धि काम गर्ने० टेलिभिजन व्यक्तित्व, लेखक र राजनीतिज्ञका रुपमा स्थापित थियो ।कलेज पढ्दैदेखि उनी आफ्ना पिताले सञ्चालन गर्दै आउनुभएको रियल स्टेट व्यवसायमा संलग्न भएका थिए । उनले सन् १९७३ देखि परिवारको व्यवसायको जिम्मा लिएका थिए ।व्यापारिक घराना आफ्नो जिम्मामा आएपछि उनले आफ्ना सबै व्यवसायलाई ‘ट्रम्प अर्गनाइजेसन’का रुपमा सञ्चालन गरे ।

व्यवसायीक जीवनमा ट्रम्पका अनेकौँ कम्पनीहरु टाट पल्टिएका थिए । जीवनभर र मादक पदार्थमा हात पनि नलगाएका ट्रम्पले सन् २००६ मा आफ्नै कम्पनीमार्फत् ‘भोड्का’ उत्पादन गरेका थिए ।

उनका ठूला दाजु फ्रेड अत्याधिक मादक पदार्थ पिउन जड्याँहा भएकाले मधिराकै कारण निधन भएको थियो । त्यसैले ट्रम्पले कहिल्यै मदिरा सेवन गरेनन्।

तेह्र वर्षको उमेरमा सेनाको विद्यालयमा भर्ना भएका ट्रम्पले युनिभर्सटी अफ पेन्सिलभानियाबाट सन् १९६८ मा स्नातक पूरा गरेका थिए ।सन् २०१५ देखि राजनीतिमा प्रवेश गरेका ट्रम्प सन् २०१६ जुलाई १९ मा राष्ट्रपतिको उम्मेदवारको रुपमा रिपब्लिकन पार्टीबाट चुनिएका हुन् ।

राष्ट्रपति पदका उम्मेदवार बनेदेखि चुनावी अभियानका क्रममा बारम्बार विवादमा परेपनि अन्ततःउनी अमेरिकाको ४५औं राष्ट्रपतिका रुपमा निर्वाचित हुन सफल भएका छन् । एजेन्सी