१ पुष,पहिलो अन्तर्राष्ट्रिय ह्विल चेयर क्रिकेटको उपाधि नेपालले जितेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा बंगलादेशलाई ५४ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनायो। नेपालका लागि दिगम चेम्जोङले अभिजित ७९ रनको योगदान दिए। ६२ बल खेलेका उनले १० चौका प्रहार गरेका थिए। यस्तै नवीन राईले ५९ रन बनाए। ५२ बल खेलेका उनले ८ चौका प्रहार गरे। जंगबहादुर थापा ४ रनमा एलबिडब्लुको धरापमा परे भने विपिन पौडेल १ रनमा अभिजित रहे।बंगलादेशका रिपोन उदिनले २ विकेट लिए।

१६१ रनको लक्ष्यसहित मैदानमा उत्रिएको बंगलादेशले १८.२ ओभरमा अलआउट हुँदै १०६ रनमा समेटियो। बंगलादेशलाई सस्तैमा रोक्ने क्रममा नेपालका विपिन पौडेलले ३ विकेट लिए।आजको खेलमा म्यान अफ द म्याच दिगम चेम्जोङ भए।यसअघि हिजो नेपालले भारतलाई ६५ रनले हराएर फाइनलमा प्रवेश गरेको थियो। पहिलो खेलमा नेपालले बंगलादेशलाई ९ विकेटले हराएको थियो।ह्विलचियर क्रिकेट संघको आयोजनामा भएको त्रिकोणात्क टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली टिमको कप्तानी हिमाल आर्यालले निभाएका छन्।

सुशील कोइराला मेमोरियल फाउन्डेसनको सहयोगमा भएको प्रतियोगितामा अपांगले पनि देशको नाम झन्डा फहराउन सक्छन् भन्ने उदाहरण दिनका लागि आयोजना भएको हो।