हेटौँडा,१ पुस,
गजल मञ्च मकवानपुरले हरेक महिनाको पहिलो शनिबार गर्दै आएको गजल यात्राको एक सय ३९ औं भागमा युवा गजलकार आदित्य राज विशेष गजल बाचन भएको छ ।
नियमित गजल यात्राको क्रममा शनिबार साहित्य संगम मकवानपुरको सभाहलमा गजलकार आदित्य राजले ८ वटा विभिन्न बहरका गजल स–स्वर बाचन गरेका हुन् ।

 

हेटौंडा–१ चौकीटोल स्थायी निवासी आदित्यले संस्कृत शिक्षा अध्ययनरत छन् । उनी विशेष गरी बहरमा गजल लेखन तथा गायनमा सक्रिय छन् । आदित्यका प्रभावशाली ८ गजललाई गजल मञ्च मकवानपुरले गजल यात्राको शनिबारको अंकमा स्थान दिएको हो । कार्यक्रममा आदित्यले प्रस्तुत गरेका गजलमाथि गजलकार दीपक गौतमले समीक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा बोल्दै गौतमले आदित्यको गजलको संरचनागत पाटोमा कुनै खोट नरहेको बताए । युवा पुस्ताका सशक्त गजलकारको रुपमा आदित्य उदाएको भन्दै गौतमले आदित्यको प्रसंशा गरे । साहित्यकार अनिता न्यौपानेले आदित्यको व्यक्तित्व तथा कृतित्वको बारेमा बोलेकी थिइन् ।

 

कार्यक्रममा उमेश तिमल्सिना, विशाल अधिकारी, बबी थापा, सरोज पाठक, कुबेर पराजुली, संञ्जीत श्रेष्ठ, उत्सव अर्याल, बगेकी गंगा, विधान आचार्य, बालकृष्ण दाहाल ‘सार्थक’लगायतले गजल बाचन गरेका थिए । गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रमेशमोहन अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।