हेटौँडा,१ पुस,
हेटौँडामा रहेको दिब्य सेवा निकेतनलाई युवा संघ हेटौँडा ४ का युवाहरुले प्रत्येक महिना प्रति ३६ किलोको दरले चिनि सहयोग गर्ने भएका छन् । १२ जना युवाहरुको समुहले आफ्नो जन्मदिनको अवसरमा सहयोग गर्ने गरि आजबाट सहयोग सुरु गरेको हो ।
आज एक कार्यक्रमको आयोजनामा दिव्य सेवा निकेतनका अभिभावक तथा संरक्षक ज्येष्ठ नागरिक अभियन्ता केदार प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहयोग गरिएको हो । कार्यक्रममा बोल्दै युवा संका अध्यक्ष निरज सिहँ ठकुरी असिम राज ढुङ्गाना , हरीशरण ढकाल , अरब अर्याल, सागर लामिछाने, विक्रम लामिछाने , स्वेच्छा दंगाल , निरोज बाँनिया, रोशन सुवेदी, किरणमान बल, झरणा ढकाल, विवेक कार्की , प्रकाश सुवेदीले आफ्नो र आफ्नो छोरीको जन्मोत्सवमा समेत सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।