पौष १,यूरोपियन संघका अधिकारीहरुले ब्रेक्जिट सम्झौताबारे आगामी छलफल गर्न सहमति जनाएका छन् । सांसदमा नराम्रोसँग हार व्यहोर्नु परेको भएपनि बेलायत र यूरोपियन यूनियनबीचको लामो समयदेखिको सम्बन्धलाई ध्यानमा राख्दै कुरा अघि बढाउने बताइएको छ ।

अर्को हप्ताको सुरुवातमै यसबारे छलफल गर्न बैठक बस्ने बीबीसीले जनाएको छ । यूरोपियन कमिसनले बताएअनुसार अहिलेसम्मका सबै सम्झौताबारे सफलतापूर्वक वार्ता गरिसकेको हुनाले अब अर्को चरणको छलफलमा सुरक्षा र व्यवसायका मुद्दाबारे कुरा अघि बढाइनेछ ।

सांसदमा भएको निर्वाचनपछि अपमानित महसुस गरेकी टेरेजा त्यसलगत्तै हिजो ब्रसेल्स पुगेकी थिइन् । यसपछि उनले यूरोपियन संघका अधिकारीहरुसँग गम्भीर छलफल गरेर फेरि सहमतिमा ल्याएकी हुन् । उनको यस्तो अथक प्रयास र सकारात्मक आचरणको अहिले सबैतिर प्रशंसा भइरहेको छ । ब्रेक्जिटलाई सफल बनाउन प्रधानमन्त्री टेरेजाले लगातार कोशिश गरिरहेकी छन् । आफ्नै पार्टीबाट आलोचित भइरहँदा पनि उनले यसलाई सफल बनाएरै छाड्ने प्रण लिएकी थिइन् ।

यस्तोमा हिजोको एउटा हारले उनलाई कमजोर बनाउन नसक्ने उनले बताएकी थिइन् । अहिलेसम्मको उनको मिहिनेत यति सजिलै खेर नजाने उनको भनाइ छ । आगामी छलफलका लागि तयार भएपनि यूरोपियन संघका अधिकारीले सांसद निर्वाचन परिणाम भने निराशाजनक भएको बताएका छन् ।