१ पुष,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्रबीच छिट्टै पार्टी एकता गर्ने तयारी भइरहेको बताएका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर ५ ले विजयी वाम उमेदवारहरूको सम्मानमा आयोजित चियापान कार्यक्रममा उनले एमाले माओवादी एकीककरणको दिशामा अघि बढेको बताएका छन् ।

 

२०१९ सालदेखि विभाजित कम्युनिस्ट आन्दोलन एकीकरणको दिशामा अघि बढेको र करिब दुई तिहाइ जनताले त्यसलाई अनुमोदन गरको जिकिर गरेका छन् ।

 

उनले निर्वाचन परिणाम एमाले र माओवादी केन्द्रको फ्युजनले सम्भव भएको बताउँदै कोही कसैले घमण्ड गर्न नहुने जिकिर गरे ।

 

इतिहासमा पहिलोपटक मुलुक समृद्ध बनाउने कार्यभार कम्युनिस्टको हातमा आएको बताउँदै अवसर खेर जान नदिने उनको वचनवद्धता थियो ।