file photo

१ पुष इस्लामावा , पाकिस्तानको सर्वोच्च अदालतले पाकिस्तानका विपक्षी दलका नेता इमरान खानविरुद्ध लागेको मुद्दा शुक्रबार खारेज गरिदिएको छ। पुर्व क्रिकेट खेलाडी समेत रहेका खानका विरुद्धमा घुस लिएर भ्रष्टाचार गरेको अभियोग हित मुद्दा दर्ता भएको थियो।

 

पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारको मुद्दा लगाएर बर्खास्त गरिएको केही महिनापछि प्रतिपक्षी दलका नेता इमरानलाई पनि आम निर्वाचन आउन एक वर्षअगाडि मुद्दा लगाइएको थियो।

 

उनले अवैधानिक रूपमा सम्पत्ति कमाएको अभियोग सहितको मुद्दा यसअघि खेपिसकेका छन्।    राजनीतिक पुर्वाग्रहका कारण उनीविरुद्ध मुद्दा लगाइएको भन्दै अदालतले सो मुद्दा खारेज गरेको हो।

 

 

प्रधानन्यायाधीश मियाँ सकिब निसारले उनीमाथि प्रतिशोधापूर्ण तरिकाले मुद्दा लगाएको देखिएको र सबै सम्पत्तिको आम्दानीको स्रो पनि खुलेको,अदालतले निर्णय सुनाएपछि पत्रकारहरूलाई छोटो प्रतिक्रिया दिँदै विपक्षी नेता खानले आफूलाई अदालतले निर्दोष ठहर गरेको बताए।रासस/एएफपी