पुस १,पाल्पा- बगनासकाली गाउँपालिका पोखराथोकका सञ्चारकर्मी तथा साहित्यकार कृष्ण पहारीको ६२ वर्षका उमेरमा शुक्रबार राति निधन भएको छ । पहारी सामुदायिक रेडियो मदनपोखरा र नेपाल पत्रकार महासंघ पाल्पाका साधारण सदस्य थिए । उनका ‘हराएको मान्छे’ कवितासङ्ग्रह र केही गजल प्रकाशित छन् ।
उनी सामुदायिक रेडियो मदनपोखराको पूर्वसञ्चालक समिति सदस्य तथा हाल पोखराथोक साहित्य संगमका अध्यक्ष रहनुभएको पत्रकार महासंघ पाल्पा अध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।