पुस १,इजिप्टमा तीन हजार वर्षभन्दा पहिला निधन भएका चार बालकको चिहान भेटिएको छ ।चिहानमा रहेका बालकको शव अहिले पनि सुरक्षित रहेको छ । इजिप्टको अस्वान शहर नजिकै बालबालिकाको पूरानो चिहान भेटिएको र त्यसमा रहेका शव सुरक्षित पाइएको सरकारी अधिकारीले बताएका छन् ।
स्वीडेन र इजिप्टका अनुसन्धानकर्ताले यो चिहान भेट्टाएका हुन् । भेटिएका चिहानमा रहेका बालबालिकाको शव इसापूर्व १५४९र५० देखि १२९२ को बिचको रहेको अनुसन्धानकर्ताले बताएका छन् ।
त्यसबेला इजिप्टमा १८ औं राजवंशले शासन थियो । अनुसन्धानकै क्रममा इजिप्ट तथा अस्ट्रियाको टोलीले चिहानको एक भाग भेट्टाएको छ भने स्वीस टिमले महिलाको प्रतिमा फेला पारेको छ ।
यो सबै इजिप्टको गेबेल अल–सिलसिला क्षेत्रमा भेटिएको हो । पुरातत्वविद्ले भेट्टाएको बालबालिकाको चिहान मध्ये पहिलो दुई देखि तीन वर्षको बच्चाको हो । जसमा चिहान बनाउनका लागि प्रयोग भएको लौरो भेटिएको छ ।
यस्तै दोस्रो चिहान ६ देखि ९ वर्षको बच्चाको रहेको अनुसन्धानकर्ताले बताएका छन् । यस्तै चिहानमा जन्तर र भाँडाकुँडा पनि भेटिएका छन् ।
तेस्रो र चौथो चिहानमा रहेका बच्चा पाँच देखि ८ वर्षका हुनुपर्ने अनुसन्धाकर्ताले बताएका छन् ।नयाँ भेटिएका चिहान, बालबालिका शव तथा महिलाको प्रतिमाबाट इजिप्टको १८ औं राजवंशका बारेमा धेरै कुरा जानकारी पाउन सकिने अनुसन्धानमा संलग्न पुरातत्वविद्ले बताएका छन् ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।