१ पुष,कतिपय मानिसको क्षमता पनि सामान्य मान्छेले आँट्नै नसक्ने खालको हुन्छ । अग्लो सिँढी भयो भने खुट्टैले टेकेर चढ्दा त थकाइ लाग्छ तर यी व्यक्तिले भने खुट्टाले होइन टाउकैले टेकेर सिँढी उक्लिन्छन् ।चीनको बेइजिंगका ली लङगङ्ग नामका व्यक्ति सजिलैसँग टाउकोले सिँढी चढ्दछन् । उनको यस्तो चढाइ देख्दा हेर्ने मानिस हेरेको हेर्यै हुन्छ ।
उनको यो कला तथा क्षमता जन्मजात होइन, उनले कैयन् वर्षको तालीम तथा मेहेनतपछि प्राप्त गरेका हुन् । निरन्तरको अथक मेहेनतपछि उनले अहिले अनौठो क्षमता हासिल गरेका छन् ।खुट्टाले टेक्नुपर्ने सिँढीको खुट्किलोमा टाउकोले टेक्छन्, खुट्टाहरु हावामा हुन्छन् माथि अनि अनौठो सँग जिउको सन्तुलन मिलाएर सिँढी उक्लिन्छन् ।
टाउकोले सिँढी चढ्ने ली को नाम सन् २०१२ मै गिनिज बुकमा लेखिएको हो । त्यतिबेला उनले केही मिनेटमै टाउकोले टेकेर सिँढीका ३४ खुट्किला उक्लिएका थिए ।उनले हालै आफ्नै पूरानो रेकर्ड भंग गर्ने कोसिस गरेका थिए तर सकेनन् । टाउकोले सिँढी चढेको उनको एउटा भिडियो निकै लोकप्रिय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।