तस्वीर -गुगल

२९ मङि्सर २०७४ प्रदेशसभाअन्तर्गत प्रदेश नम्बर ३ को समानुपातितर्फको मतगणना सकिएको छ। निर्वाचन कार्यालयले उपलब्ध गराएको परिणामअनुसार सबैभन्दा धेरै नेकपा एमालेले ६ लाख ६७ हजार २७६ मत ल्याएको छ। दोस्रोमा नेपाली कांग्रेसले ५ लाख ५१ हजार २८० मत ल्याएको छ। त्यस्तै तेस्रोमा माओवदी केन्द्रले ३ लाख १५ हजार ३२ मत ल्याएको छ।

३ नम्बर प्रदेशमा विवेकशिल साझा पार्ट चौथो स्थानमा ओगटेको छ। उसले १ लाख १७ हजार ३४५ मत ल्याएको छ। चौथोमा राप्रपाले ५८ हजार २१५ र अन्यले १ लाख ५१ हजार ५३२३ मत ल्याएको छ।

त्यस्तै प्रदेश नम्बर ४ को अन्तिम मतपरिणाम पनि सार्वजनिक भएको छ। उक्त प्रदेशमा पनि नेकपा एमाले पहिलो बनेको छ। एमालेले ३ लाख ७३ हजार ५०१ दोस्रो बनेको नेपाली कांग्रेसले ३ लाख ६४ हजार ७९७ मत ल्याएको छ।

४ प्रदेशमा तेस्रोमा माओवादी केन्द्रले १ लाख १९ हजार ५२८ मत ल्याए छ भने नयाँ शक्तिले २४ हजार ६२५ र १९ हजार ३७६ मत ल्याएको छ। अन्यमा भने ५४ हजार ९९२ मत रहेको छ।

निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेपनि कुन दलले कति वटा सिट पायो भन्ने कुरा एकीन गरेको छैन।