बेलायतका राजकुमार ह्यारीले आफ्नी प्रेमिकासँगको सम्बन्ध र विवाहको खबर सार्वजनिक गरेसँगै यस विषयले विश्वभर चर्चा पाएको थियो । अमेरिकी मूलकी मेगानबारे धेरै कुराहरु राजपरिवारका हिसाबले असामान्य भएकाले पनि यस समाचारले धेरैलाई अचम्मित बनाएको थियो ।मोडल तथा अभिनेत्रीका रुपमा काम गरिसकेकी डिभोर्सी मेगानलाई राजपरिवारका सबै सदस्यले अपनाउने निर्णय गरिसकेको भएपनि उनको आगमनले राजपरिवारमा धेरै परिवर्तन ल्याउनेबारे सबैले पहिले नै अनुमान गरिसकेका थिए ।
नभन्दै मेगानले यसअघिका राजकुमारीहरुले पालन पालन गर्दै आएका नियमलाई चुनौति दिँदै नयाँ रीति स्थापित गरिरहेकी छन् । वास्तवमा हिजो मात्र बकिङगमको राजदरबारमा मेगानले विवाहअघि नै रानीसँग क्रिस्मस मनाउने र परम्परागत चर्चमा समेत उपस्थित हुने खबर सार्वजानिक गरिएको थियो ।
यस खबरले भिक्टोरियाको अहिलेसम्म चलिआएको परम्परागत मान्यतालाई चुनौति दिँदै राजपरिवारमा आधुनिकतातर्फको बाटो खोलिदिएको छ । लामो समय पछि मात्र राजपरिवारले यसरी नयाँ परिवर्तनलार्ई स्वीकारेको बताइएको छ ।
यसअघि राजकुमारी केटले यस्ता कुनै अवसर पाएकी थिइनन् । तर विवाह हुनु धेरै समय अघि देखि नै मेगानले भने विभिन्न बाहानामा राजपरिवारसँग संलग्नता जनाइरहेकी छन् ।
केही महिनामै राजकुमारीको ताज पहिरने मेगानले एउटा कार्यक्रममा लगाएको पहिरनबारे पनि उत्तिकै चर्चा भइरहेको छ ।
छोटो पहिरनमा आफ्ना केटाकेटी दुवै साथीहरुसँग अत्यन्तै नजिक भएर खिचेको तस्बिर सार्वजानिक भएपछि धेरैले यसमाथि पनि प्रश्न उठाइरहेका छन् ।
अमेरिकामा जन्मेहुर्केकी मेगानको राजदरबारमा यो पहिलो क्रिस्मस हुने बताइएको छ । यसअघि विवाहपूर्व राजकुमारका कुनै प्रेमिकाले पनि राजपरिवारसँग खनपिन गर्ने अनुमति पाएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।