हेटौँडा लेडी जेसिज २०१८ कि अध्यक्ष अस्मिता श्रेष्ठ

हेटौँडा,२९ मंसिर
हेटौंडा लेडी जेसीज अध्यक्षमा गमला राजभण्डारी (अस्मिता श्रेष्ठ) चयन भएकी छिन् । आज हेटौँडामा भएको २० औँ वार्षिक साधरणसभाले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

सभाले जेसीज कार्यकारिणी उपाध्यक्षमा जुनु कार्की र सुष्मा लटौला खरेल लाई चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा उपाध्यक्षमा निशा गुरुङ, जयन्ती श्रेष्ठ, अञ्जना श्रेष्ठ र सिर्जना बर्तौला चयन गरेको छ ।

साधारणसभामा लेडी जेसीज संस्थापक अध्यक्ष निरा गोर्खालाी, पूर्वअध्यक्ष ग्रेस श्रेष्ठ र रश्मि बस्नेतले सहजीकरण गरेकी थिइन् ।
निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज उपाध्यक्ष शोभा खरेलले निर्वाचन आयुक्तको भूमिका निर्वाह गरेकी थिइन् । कार्यक्रम जेसिजकी अध्यक्ष निशा रोक्काको अध्यक्षतामा भएको हो ।