मङ्सिर २९,प्रतिनिधिसभा सदस्य चयनका लागि भएको मतदानको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अहिले केहीबेरअघिसम्म ८६ लाख ८५ हजार ७४१ मत गणना भइसकेको छ ।

 

त्यसमा नेकपा एमालेले २९ लाख ४१ हजार ३४७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले उसलाई पछ्याउँदै २८ लाख ५९ हजार ३२९ मत प्राप्त गरेको छ ।नेकपा माओवादी केन्द्र११ लाख ८३ हजार ८७८, संघीय समाजवादी फोरम नेपाल ४ लाख १६ हजार ८७९, राजपा नेपाल ३ लाख ७९ हजार ६१०, विवेकशील साझा पार्टी १ लाख ९७ हजार २६, राप्रपा १ लाख ८८ हजार १८३, नयाँ शक्ति पार्टी, नेपाल ७५ हजार ४८६, राप्रपा प्रजातान्त्रिक ७४ हजार १४७ र नेमकिपाले ५२ हजार ६१४ मत प्राप्त गरेका छन् ।