मङ्सिर २९, स्विस टेनिस स्टार रोजर फेडेररले बीबीसी ओभरसिज स्पोर्ट्स पर्सनालिटी अवार्डको उपाधि जितेका छन् । अवार्डको लागि मनोनयनमा परेका ५ प्रतिस्पर्धीलाई पछि पार्दै फेडेररले यो उपाधि जितेका हुन् ।विश्व टेनिसको दोस्रो वरियतामा रहेका फेडेररले किर्तिमानी चौथोपटक यो अवार्ड जितेका हुन् । सर्वाधिक पटक यो अवार्ड जित्न दुई खेलाडी यसअघि सन् २००४, २००६ र २००७ मा यो अवार्ड जितेका थिए । फेडरर बाहेक कीर्तिमानी धावक हुसेन बोल्ट, बक्सर मोहमद अलीले यो अवार्ड समान ३ – ३ पटक जितेका छन् ।
बीबीसीले बार्षिक प्रदान गर्दै आएको यो अवार्ड जित्न फेडेररले सर्वा्धिक मत ल्याएका थिए । बीबीसीले आफ्नो वेबसाइटमा आएको कुल मतमा बढी रुचाइएका र बढी मत पाएका फेडेररलाई विजेता घोषणा गरेको हो । बीबीसीले बर्षभरीमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई अवार्डको लागि मनोनयन गर्ने गर्छ ।
कीर्तिमानी चार पटक यो उपाधि जितेपछि फेडेररले यो क्षण अविश्वसनीय रहेको बताउदै बेलायती नागरिकप्रति आभार व्यक्त गरे । उनले भने, “यो क्षण अविश्वसनीय रहेको छ । र, म एकदमै गौरवान्वित छु किनकी बेलायतका जनताले मलाई यो अवार्डको लागि छनोट गर्नु भएको छ ।”
सन् २०१७ मा फेडेररले ५२ खेलमा जित निकाल्दा ५ खेल मात्र गुमाएका थिए । उनले ७ उपाधि जित्दा २ ग्राण्डस्लामको उपाधि आफ्नो नाममा लेखाएका थिए । ३६ बर्षिय फेडेररले सन् २०१७ मा सर्वाधिक आठ पटक विम्बल्डन टेनिसको उपाधि जितेर नयाँ किर्तिमान बनाएका थिए । यस्तै फेडेरर सर्वाधिक १९ पटक ग्राण्डस्लाम टेनिसको उपाधि जित्ने एक्ला खेलाडी हुन् ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।