हेटौँडा,२९ मंसिर,
प्रदेश नंबर ३ को राजधानिको लागि सरकारले भक्तपुरको नाम मात्र सिफारिस गरेपछि दवावमा परेको सरकाले पुन हेटौँडा सहित काभ्रे र ललितपुरको पनि पुर्वाधार
विवरण माग गरेको छ । बिहिबारनै मन्त्री परिषदको बैठकले राजधानी तोक्ने भनिएपनि ३ नंबर प्रदेश सहितका केहि प्रदेशमा ब्यपक असन्तुष्ठि बढेपछि सरकारले पुर्वाधारको विवरण माग गरेको हो ।
मध्यमान्चल क्षेत्रिय कार्यालय हेटौडामा भएको बैठकमा प्रदेशको राजधानीको लागि बैकल्पिक जिल्लामा परेको मकवानपुर सहित काभ्रे र ललितपुर जिल्लाको पूर्वाधारको स्थिति माग भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले जानकारी दिए ।
यी तिनै जिल्लाले आज शुक्रबार सम्म प्रदेशको राजधानीको लागि योग्य रहेको कारण सहित जिल्लाको पूर्वाधारको अवस्था बुझाउनुपर्ने बुढाको भनाई रहेको छ ।
सरकारको आइतबार बस्ने बैठकले अस्थायी मुकाम तोक्ने जनाइएको छ । सरकारले यसअघि लगेको केहि प्रस्तावमा फेरवदल गर्ने संभावना बढेको छ । भक्तपुरलाई मात्र राजधानि बनाउनको लागि सिफारिस गरेको भन्दै प्रदेश नंबर ३ मा पर्ने काभ्रे, ललितपुर, मकवानपुर तथा चितवनका राजनीतिक दलले बिरोध गरेका थिए ।
मकवानपुरमा वाम गठवन्धनले प्रेश विज्ञप्ति जारी गर्दै उक्त विषयमा पुर्नविचार गर्दै हेटौँडालाई प्रदेशसको राजधानि बनाउनको लागि आग्रह गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।