हेटौँडा,२९ मंसिर,
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै आफुमाथी निराधार, कपोकल्पित आरोप लगाइएको बताएका छन् ।
आज खबरब्रेकसँगको विशेष कुराकानीमा उनले आफ्नो लोकप्रियताबाट डराएकाहरुले विभिन्न माध्यमको प्रयोग गर्दै विभिन्नखाले बजा हल्ला चलाएको बताए ।
खबरब्रेकले मेला सम्वन्धी तपाईको धारणा के हो, पैसा लेनदेनको आरोप लगाइएको छ नि भन्ने प्रश्न गर्दा उनले भने : “यो निराधार कुरा हो, पैसा कमाउन पल्केकाहरुले मलाई बदनाम गर्न खोजेका हुन, यसमा सत्यता छैन् ।”
न्यौपानेले मेला तथा ब्यापारिक उत्सवहरु गर्ने काम उद्योग वाणिज्य संघको मात्र भएको भन्दै विशुद्ध खेलकुदको लागि स्थापना भएका संघसस्थाहरुले खेल क्षेत्रमा जोड दिनुपर्ने बताए ।
खेलकुद गर्ने सस्थाले खेलकुदको गतिविधि तथा खेल महोत्सव गरेको खण्डमा आफुहरुको पूर्ण सहयोग रहने जानकारी गराएको विषयलाई अहिले पैसा लेनदेनको विषय बनाएर आफ्नो बदनाम गर्न खोजेको उनको धारणा रहेको छ ।
मकवानपुर उद्योग वााणिज्य संघको निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न सकिन्छ कि भनेर केहि ब्यक्ति तथा समुहको प्रयोग भएको हुनसक्ने उनले आशंका समेत ब्यक्त गरेका छन् ।
आफ्नो उम्मेद्वारी कायम रहेको भन्दै उनले आफु सधै ब्यवसायीको हितको लागि हिडेको मान्छे भएको कारण ब्यवसायीहरुले जिताउने विश्वास समेत ब्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।