हेटौँडा,२९ मंसिर
राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) ले निर्वाचनबाट सबैभन्दा ठुलो दल बन्न सफल भएको भन्दै नेकपा एमालेलाई बधाई दिएका छन् । निर्वाचनको नतिजापछि आज आफ्नो आधिकारिक धारणा सहितको प्रेस विज्ञप्ति जारी गर्दै थापाले राप्रपाको हारको सम्पूर्ण नैतिक जिम्मेवारी आफैले लिने बताए ।

प्रेस विज्ञप्तिमा राप्रपाको हार अप्रत्यासित नतिजा भन्दै थापाले यो विषयको गम्भिर समिक्षा हुने बताएका छन् । नयाँ सोचको पार्टीको आवश्यक्ता अझै रहेको भन्दै पार्टीलाई नयाँ शिराबाट लैजानको लागि अब लागि पर्नुपर्नेमा जोड समेत दिएका छन् ।

राप्रपाद्वारा जारी प्रेस विज्ञप्ति