हेटौँडा,२९ मंसिर,
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानका बरिष्ट उपाध्यक्ष सविन भट्टचार्यले आफ्नो नामको प्रयोग गर्दै मकवानपुर उद्योग वाणिज्य संघका सचिव उज्वल चौलागाँईको नाउ समेत मुछेर प्रकाशन तथा प्रशारण भएका समाचारले आफु निकै दुखि भएको बताएका छन् ।
आज हस्ताक्षरित विज्ञप्ति जारी गर्दै उनले उज्वल चौलागाँईको नाम जोडेर आएको समचारमा कुनै सत्यता नभएको भन्दै चौलागाँईको मान प्रतिष्ठामा पर्न गएको चोट प्रति आफु दुखित भएको जनाएका छन् ।
आफुले कुनैपनि सन्र्दभमा चौलागाईको नाम नभनेको भन्दै समाचारमा आएको भए नाम सच्याइदिनको लागि समेत आग्रह गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।