हेटौँडा,२८ मंसिर,
जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागु औषध सहित हेटौँडाबाट दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा लागु औषध नाईट्रोभेट ३३ ट्याब्लेट सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा फिकल गाउँपालिका वडा नंबर ३ का वर्ष १८ को सुमन कार्की र तिनपाटन गाउँपालिका वडा नंबर ६ बस्ने वर्ष १८ को जितेन्द्र पुलामी मगरलाई पक्राउ गरि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता दिलिपकुमार झाले बताए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।