हेटौँडा,२८ मंसिर,
मकवानपुरबाट नेपाली कांग्रेसलाई क्लिन स्विप गर्ने योजना बनाएको वाम गठवन्धनलाई मकवानपुरको क्षेत्र नंबर २ अन्र्तगतको प्रदेशसभा क्षेत्र (ख) मा आफ्ना उम्मेद्वार राजाराम स्याङ्तान पराजित भएपछि गम्भिर झडका लागेको छ ।
वाम गठवन्धनका अरु विजयी पाँच उम्मेद्वार सहित गठवन्धनका नेताहरु अहिले विजयी र्यालीमा ब्यस्थ भएकोले समिक्षा बैठक बस्न नसकेको एमाले मकवानपुरले जनाएको छ । चाँडैनै गठवन्धनको बैठक बसेर हार र जीतको समिक्षा गर्ने जनार्ईएको छ ।
तर निर्वाचनको विषयमा खबरब्रेकले राजाराम स्याङ्तान हार्नु र इन्द्र बाँनीया पराजित हुनुनको केहि कारणहरु विश्लेषण गरेको छ ।
१. लोकतान्त्रिक गठवन्धनको आक्रमक चुनावी कार्यक्रम
प्रतक्ष निर्वाचन पछि गणना भएको समानुपातिकको पनि मत गणना समाप्त भएको छ । जहाँ मकवानपुर जिल्लाको समग्र नतिजामा एमाले प्रथम भएपनि लोकतान्त्रीक गठवन्धनले विजय हाँसिल गरेको प्रदेश (ख) मा एक्ला एक्लै प्राप्त मत हेर्दा कांग्रेसको धेरै छ । जाहा कांग्रेसले १३६३८ मत ल्याउँदा एमालेको ११०५० मत मात्र आएको छ ।
तर गठवन्धन गरेर चुनाव लडेका दलहरुले गठवन्धनको मतलाई आधार बनाएका थिए । जहाँ वाम गठवन्धनको माओवादीको ६ हजार ६ हजार १ सय १२ मत तथा लोकतान्त्रिकको राप्रपाको २ हजार ४ सय २१ मत प्राप्त भएको छ । उक्त क्षेत्रमा बदर भएको मतमा पनि वाम गठवन्धनको धेरै छ । यसरी हेर्दा वामको १७ हजार १ सय ६२ मत हुन आउँछ भने लोकतान्त्रिकको १६ हजार ५९ मत हुन्छ । तर पराजय भने वाम गठवन्धन भएको छ । जस्को कारण लोकतान्त्रिक गठवन्धनले चुनावमा पुरा जिल्लाको कांग्रेस शक्ति लगाएको उसलाई फाईदा भएको देखिन्छ ।
२. तटस्थ मत तान्न नसक्नु
जसरी विजयी भएक इन्द्रबहादुर बाँनीयाले त्यहा तटस्थ मतलाई आफ्नो पक्षमा पार्न सफल भएका छन, वाम गठवन्धन भने त्यो मत तान्न कमजोर देखियो । समानुपातीकका गठवन्धनको एक हजार मत धेरै देखिएको भएपनि एक हजार कम प्राप्त गरेका बाँनीयाले प्रतक्षमा भने समानुपातिकको मतमा ३ हजार मत प्लस गर्न सफल भएर १९ हजार २ सय ४५ बिजेता बने । तर वाम गठवन्धनले तटस्थ मतको जम्मा १ हजार सदर मत मात्र आफ्नो पक्षमा पारेको देखिन्छ ।
३. बदरले समस्या
वाम गठवन्धनले यो पटक बदर मतको पनि सामना गर्नु पर्यो । जहाँ धेरै भोटहरु नेकपा मालेको चुनाव चिन्ह र सुर्यमा गएको पाईएको छ । दुईवटा छापामानै मतदान गरे हुन्छ भनेर गरिएको चुनाव प्रचारले असर समेत गरेको स्थानीय नेताको दाबी छ । “हामीले मतपत्रको विषयमा राम्ररी जानकारी दिन सकेको भए समस्या कम हुनेथियो : ति नेताले भने ”
४. अन्र्तघात
चुनाव जितेपछि सबै राम्रो अनि चुनाव हारेपछि अन्र्तघात हुने नेपाली राजनीतिमा नयाँ रोग हैन् । चुनावमा पराजित भएपछि उक्त क्षेत्रका केहि वाम नेता तथा कार्यकर्ताहरुले अन्र्तघात भएको भन्दै सामाजिक सञ्जालमा आफ्नो अभिब्यक्ति दिएको देखियो । जसको कारण पनि हार्नु परेको भनाई छ । सामान्यतय एमालेबाट विजयी भएका स्थानीय तहका जनप्रतिनिधिहरु पनि चुनावमा हुनुपर्नेजति परिचालित नभएको एक नेताको दाबी छ । पार्टीले जिताएका उनीहरु आवश्क परेको बेलामा नखटेको ति नेताको भनाई रहेको छ ।
स्थानीय चुनावबाटनै केहि विवादमा परेको उक्त क्षेत्र आखिरमा वाम गठवन्धनले गुमाउनु परेको छ । तर लोकतान्त्रि गठवन्धनको कांग्रेसको लागि भने इन्द्रबहादुर वानीयाको जित निकै रोमाञ्चक तथा खुसीको विषय बनेको छ । उसले आफुलाई जिल्लामा क्लिन स्विप हुनुबाट जोगाएको छ ।