२८ मंसिर,आफ्ना १५ प्रतिस्पर्धीलाई उछिन्दै कृपा चुकेले सन् २०१७ को ‘मिसेस क्यापिटल क्विन नेपालुको उपाधि चुमेकी छन् । राष्ट्रिय नाचघरमा मंगलबार आयोजित तेस्रो संस्करणको ‘मिसेस क्यापिटल क्विन नेपालुमा उनले उपाधिसहित विभिन्न गिफ्ट ह्याम्पर पनि हात पारिन् । मिसेस क्यापिटल क्विनको फस्ट रनरअपमा सुमित्रा लामा र सेकेन्ड रनरअपमा विष्णु खड्का घोषित भए ।
निर्णायकहरूमा गायक निर्णय श्रेष्ठ, मिसेस ग्लोबल विजेता दोर्जे डोल्मा गुरुङ, नायक गजित विष्ट, मिसेस नेपाल आइडल विजेता रक्की श्रेष्ठ थिए । प्रतियोगितामा कोरियोग्राफर हिमानी सुब्बाले मायाको चिनो प्रदान गरेकी थिइन् । प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।