

मसिर २८ – पृथ्वीको उपग्रह चन्द्रमामा सन् १९७२ पछि मानव पुगेको छैन । सन् १९७२ मा अन्तरिक्ष यात्री यूजिन सेरनन चन्द्रमा पुग्ने अन्तिम अन्तरिक्षयात्री हुन् ।
‘मानवताको लागि यो कदम सानो भए पनि सबै मानव जातिको लागि ठूलो फड्को हुनेछ ।’ चन्द्रमामा पहिलो कदम राख्ने निल आम स्ट्रङले चन्द्रको यात्रा सकेपछि यस्तो भन्नुभएको थियो । उहाँले सन् १९६९ को जुलाई २१ मा चन्द्रमामा पाइला टेकी इतिहास रच्नुभएको थियो । यसपछि अमेरिकाको पाँचओटा अन्तरिक्ष यात्री चन्द्रमामा पठाइएको छ ।
अन्तरिक्ष यात्री सेरनन पुगेका झण्डै ५० वर्ष पुग्न लाग्दा अमेरिकाकाले चन्द्रमामा मानव सहितको अन्तरिक्ष यान पठाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले योसँग सम्बन्धित एक आदेशमा हस्ताक्षर पनि गरिसक्नु भएको छ ।
तर किन अमेरिका वा अन्य देशका कोहि नागरिक झण्डै आधा शताब्दिसम्म चन्द्रमामा गएनन् त र?
चन्द्रमामा मानव पठाउनु चुनौतिपूर्ण सम्झौता भएको लस एन्जेलसको क्यालिफोर्निया युनिभर्सिटिका खगोल विज्ञान प्रोफेसर बताउनुहुन्छ । प्रोफेसर माइकल रिचका अनुसार मावनसहितको यन्त्र पठाउदा आर्थिक रुपमा महंगो पर्ने तर वैज्ञानिक रुपमा फाइदा कम हुन्छ ।
तर विशेषज्ञलाई आधार मान्ने हो भने वैज्ञानिकको चासो भन्दा राजनीतिक चासोले चन्द्रमामा अन्तरिक्ष यात्री नपुगेका हुन् । सन् २००४ मा पनि अमेरीकाको तत्कालिक राष्ट्रपति जर्ज डब्लु बुशले ट्रम्पले जस्तै घोषणामा हस्ताक्षर गर्नुभएको थियो । त्यतिबेला १ लाख ४ हजार मिलियन डलर अनुमानित बजेट बनाइएको थियो । तर धेरै बजेट भएकोले बजेट नै खर्च हुन सकेन र परियोजना सफल हुन सकेन ।
विशेषज्ञलाई ट्रम्पको यो निर्णय पनि पहिलाको जस्तै होला भन्ने डर छ । प्रोफेसर माइकल भन्नुहुन्छ, ‘ट्रम्पले सिनेटमा छलफल नै नगरी हस्ताक्षर गर्नुभएको छ । वैज्ञानिक फाइदा कम हुने भएकोले कांग्रेसले मञ्जरी दिन गार्हो छ ।’
चन्द्रमामा मानव नपुग्नुको कारण बजेट विनियोजन नहुनुमात्र होइन, नासा अर्कै महत्वपूर्ण परियोजनामा वर्षौदेखि लागिपरेको छ । नयाँ उपग्रह, वृहस्पतिमा नयाँ खोज, अन्तराष्ट्रिय अंतरिक्ष स्टेशनको कक्ष, अरु आकाशगंगा र ग्रहको खोज । तर नासाले चन्द्रमामा मानव यात्री पुग्नुले नयाँ जानकारी आउँने बताएको छ ।
सरकारी तथा निजी परियोजनाले पनि चन्द्रमामा मानव यात्राको लागि पहल नगरेका होइनन् । जसमा चन्द्रमामा मानव बस्ती बसाउने सम्मको महत्वकांक्षी परियोजना पनि आएका थिए ।
अमेरिका बाहेक चीनले पनि सन् २०१८ र रसियाले सन् २०३१ सम्ममा चन्द्रमामा पुग्ने योजना बनाएको छ । त्यस्तै कतिपय निजी कम्पनिहरुको चन्द्रमामा पुगेर खनिज उत्खनन् गर्ने र त्यँहाबाट ल्याइएका खनिजलाई महङ्गो मूल्यमा बेच्ने योजना पनि छ ।
अमेरीका बजेट परियोजनाको समस्यामा रुमलिएको बेलामा चन्द्रमाको यात्रा गर्न अरु देशहरु तम्सिरहेका छन् । अमेरिका भने अन्तरिक्षको दौडमा पछि पर्न चाहँदैन ।
– एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।