काठमाडौँ जिल्लाको समानुपातिक तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम परिणाम अनुसार प्रतिनिधिसभा तर्फ एमालेले १ लाख ३२ हजार ८०४ मत पाएर पहिलो भएको छ भने कांग्रेसले १ लाख १० हजार ७८९ मत पाएर दोस्रो भएको छ ।
त्यस्तै, विवेकशिल साझा पार्टीले माओवादी केन्द्रलाई उछिनेको छ । साझाले ५३ हजार २९४ मत पाएर तेस्रो भएको छ भने माओवादी केन्द्रले २९ हजार ३११ मत पाएको छ ।
राप्रपाले ०७० सालको संविधानसभाको निर्वाचनमा बेला हिन्दु राज्य र संबैधानिक राजतन्त्रको एजेण्डा लिएर निर्वाचनमा होमिएको थियो । सोही नाराको प्रभावमा परेर राजधानीका मतदाताले सबै भन्दा बढी मत समानुपातिकमा राप्रपाको चुनाव चिन्हमा खसालेका थिए ।
त्यतिबेला प्रत्यक्ष तर्फ एक सिट पनि जित्न नसकेको राप्रपाले समानुपातिकमा २५ सिट पाएको थियो । चार वर्षको अन्तरालमा राप्रपाको भोट निकै घटेको छ ।
अहिले भएको प्रतिनिधिसभाको समानुपातिक तर्फको निर्वाचनमा काठमाडौँले छैटौँ स्थानमा खुम्च्याइदिएको छ । राप्रपाले १३ हजार ४ ८३ मत पाएको छ । भने नयाँ शक्ति पार्टी नेपालले ३ हजार ९४६ मत पाएको छ । काठमाडौँमा ६ लाख ३ हजार ४ सय ५९ मतदाता रहेका थिए ।
त्यस्तै प्रदेशभा तर्फको समानुपातिकमा पनि एमाले नै अग्र स्थानमा रहेको छ । एमालेले १ लाख २३ हजार ७३९ मत पाएको छ । भने कांग्रेसले १ लाख २ हजार ९८५ मत, विवेकशिल साझा पार्टी, ५७ हजार १२९, माओवादी ३० हजार ५१, राप्रपा १३ हजार ६१७ मत पाएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।