२८ मंसिर । बलिउड सुपरस्टार शाहिद कपूर एशियाका सबैभन्दा सेक्सी पुरुष बनेका छन् । ब्रिटेनको साप्ताहिक पत्रिकाले ‘ईस्टर्न आई’ को सालाना पोलमा बलिउड शाहिदलाई सबैभन्दा सेक्सी एशिया व्यक्तिको रुपमा चुनेको छ ।
३६ वर्षिय शाहिदले बलिउडकै अर्का स्टार ऋतिक रोशन र ब्रिटिश-पाकिस्तानी गायक जायन मलिकलाई पछाडि पारेका छन् ।
ऋतिक लगातार तीन वर्षदेखि यो पोलको दोस्रो स्थानबाट तल झरेका छैनन्, जबकि गएको वर्षका विजेता जायन यो वर्ष तेस्रो स्थानमा पुगेका छन् । दुनियाँभरका प्रशंसकहरुबाट प्राप्त भोटको आधारमा यो सालाना सूची सार्वजनिक गरिने गरिन्छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।