मंसिर २८ गते बिहिबार, पौष कृष्ण द्वादाशी, स्वाती नक्षत्र, अतिगण्डयोग, तुलामा चन्द्रमा, वैष्णव सफला एकादशीव्रत

मेषः दिन अत्युत्तम रहनेछ । यात्राको योग रहेको छ । प्रियजन भेटिनेछन् । मनोरञ्जन गरिनेछ । व्यवसाय बढ्नेछ । दामपत्य जीवन सरल हुनेछ ।

वृषः दिन राम्रो रहनेछ । शत्रु परास्त हुनेछन् । आटेको काम बन्नेछ । शरीर स्वस्थ रहनेछ । मावलीतिरबाट सहयोग प्राप्त हुनेछ ।

मिथुनः दिन मध्यम रहनेछ । मनमा केही चिन्ता थपिन सक्नेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । निर्णय क्षमता कमजोर हुनेछ ।

कर्कटः दिन प्रतिकूल रहनेछ । व्यवहारिक समस्याले पिरोल्नसक्नेछ । कामप्रति सचेतताको खाँचो रहनेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ ।

सिंहः दिन उत्तम रहनेछ । निर्णायक कामको जिम्मा बढ्नेछ । कामकाज र जागिरमा सफलता मिल्नेछ । सामाजिक काममा संलग्न भइनेछ ।

कन्याः दिन मध्यम रहनेछ । आर्थिक मामिलामा निकै सचेत रहनु पर्नेछ । बोलीवचन पनि कडा हुनेछ । धैर्य गर्नु बेस हुनेछ ।

तुलाः दिन भाग्योदयकारक रहनेछ । पढाइ लेखाइमा मन जानेछ । महत्वपूर्ण काम हात पर्नेछ । उपर्युक्त निर्णय गरिनेछ ।

वृश्चिकः दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । काममा व्यवधान आउनेछ । बढी जोखिममूलक काम नगर्नु बेस हुनेछ ।

धनुः दिन उत्तम रहनेछ । आटेको काम बन्नेछ । आयआर्जन बढ्नेछ । रमाइलो कार्यव्रmममा सहभागी भइनेछ । मन प्रसन्न हुनेछ ।

मकरः दिन राम्रो रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ ।

कुम्भः दिन सन्तोषजनक छैन । आध्यात्मिक क्षेत्रमा सफलता पाउन निकै मुश्किल पर्नेछ । अरुबाट सहयोगको अपेक्षा नगर्नु नै बेस हुनेछ ।

मीनः दिन प्रतिकूल रहनेछ । मन खिन्न हुनसक्नेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । हरेक कामप्रति चनाखो हुनुपर्नेछ ।