अनिश चौलागाई,
हेटौँडा,२७ मंसिर,
युवा संघ हेटौँडा उपमहानगरपालिकाले देउसी भौलोबाट संकलन भएको रुपैँयाबाट हेटौँडा १४ मा रहेको जनज्योती माविको खानेपानी ट्याङ्की सहयोग गरिएको छ ।
आज विद्यालय परिषरमा एक कार्यक्रमगरि विद्यालयले ट्याङ्की हस्तान्तरण गरिएको हो । अज्ञात समुहले विद्यालयको खानेपानी ट्याङ्की फुटाइदिएपछि आफुहरु उक्त सहयाग गरेको युवा संघ हेटौँडा १४ का अध्यक्ष सञ्जिव स्याङ्तानले बताए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रअ भोगेन्द्र लुइटेलले युवा संघको कार्यको प्रशंसा गरेका थिए । उनले उक्त सहयोग विद्यालयले सधै स्मरण गर्ने बताए । संघले १० हजारको ट्याङ्की हस्तान्तरण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।