हेटौँडा,२७ मंसिर,
गत मंसिर २१ गते भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । आज बुधबार सम्पन्न मत परिणाम अनुसार मकवानपुरमा नेकपा एमालेले प्रथम भएको छ ।
एमालेले प्रतिनिधिसभा तर्फ क्षेत्र नंबर १ मा २८ हजार ८ सय ८४ तथा प्रतिनिधिसभा क्षेत्र नंबर २ मा ३० हजार ३ सय ७४ गरि जम्मा ५९ हजार १ सय ५८ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ मा १६ हजार ८ सय २२ तथा क्षेत्र नंबर २ मा २४ हजार २ सय ६३ मत प्राप्त गरि जम्मा ४१ हजार ८५ मत प्राप्त गर्दै दोश्रो भएको छ ।
माओवादी केन्द्रले प्रतिनिधिसभा क्षेत्र नंबर १ मा १५ हजार १ सय ७१ मत तथा क्षेत्र नंबर २ मा १४ हजार १ सय ४ मत गरि २५ हजार ६ सय ४७ मत प्राप्त गरेको छ ।
चौथो भएको राप्रपाले भने क्षेत्र नंबर १ बाट १५ हजार १ सय ७१ मत तथा क्षेत्र नंबर २ बाट ६ हजार ९० मत गरि २१ हजार २ सय ६१ मत प्राप्त गरेको छ भने विवेकशील साझा पार्टीले दुबै क्षेत्र गरि ३ हजार ८ सय ५६ मत प्राप्त गरेको छ ।
प्रदेशसभा तर्फ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ को (क) मा नेकपा एमाले ११ हजार ७ सय १७ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ९ हजार १ सय ६४, माओवादी केन्द्रले ८ हजार ६ सय ९, राप्रपा ६ हजार ७ सय ८३ तथा विवेकशीलले ५ सय १० मत प्राप्त गरेको छ ।
क्षेत्र (ख) बाट एमाले १४ हजार ५ सय २६, कांग्रेस ७ हजार २ सय ६३, राप्रपा ७ हजार ६ सय ११, माओवादी ४ हजार ३ सय ६२ तथा विवेकशीलले २ हजार ५ सय ४४ मत प्राप्त गरेको छ ।
त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नंबर २ को प्रदेश (क) मा एमालेको १६ हजार १४ मत आउँदा कांग्रेसको ८ हजार ३ सय ४९ मत प्राप्त भएको छ । माओवादी केन्द्रको ९ हजार ६ सय ४२ मत आएको छ भने राप्रपाको ३ हजार ८ सय ४४ र विवेकशीलको ७ सय ९६ मत आएको छ ।
त्यसैगरी प्रदेशसभा (ख) मा एमाले ११ हजार ५०, कांग्रेस १३ हजार ६ सय ३८, माओवादी केन्द्र ६ हजार १ सय १२ , राप्रपा २ हजार ४ सय २१ तथा विवेकशीलको ३ सय १८ मत आएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।