सुमन दाहाल
हेटौँडा,२७ मंसिर,
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन सकिएको केहि दिन मात्र भएको छ । मकवानपुरमा समानुपातिक मतगणना अझै जारी रहेको छ । तर मकवानपुरको हेटौँडामा भने फेरि चुनावी चर्चा सुरु भैसकेको छ ।
यो चर्चा भने राजनीतिक दलको नभै उद्योगी ब्यवसायीहरुको हो । आउँदो पुसको दोश्रो सातामा हेटौँडामा हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनले हेटौँडाका ब्यपारीलाई छोएको छ । नयाँ नेतृत्वको लागि कस्लाई छान्दा उचित होला भन्ने वहस अहिले मकवानपुरे उद्योगी ब्यवसायीहरुबिच सुरु भैसकेको छ ।
यो पटक पुनः नेतृत्व लिने भन्दै वर्तमान अध्यक्ष राजकुमार न्यौपानेले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् । उता संघका उपाध्यक्ष कृष्ण कटुवाल तथा महासचिव महेन्द्र राउतले पनि उम्मेद्वारी घोषणा गरेका छन् । हालसम्म तिनजना उम्मेद्वार मात्र देखिएपनि अध्यक्ष वाहेकका अन्य सदस्य पदहरुमा भने सामजिक सञ्जाल मार्फत आफ्नो उम्मेद्वारी घोषँणाहरु हुने क्रम दिब्र भैरहेको छ । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन बर्ष हेटौँडामा निकै उत्साहपुर्वक ब्यवसायीहरु निर्वाचनमा लाग्ने गरेका विगतको इतिहाँसले समेत देखाएको छ । यो पटक पनि निर्वाचनले मकवानपुरे ब्यवसायीहरुमा ठुलै वहसको सिर्जना गर्ने संभावना देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।