
मंसिर २७,सरकारले मुलुकभरका सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गर्ने भएको छ ।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत मुलुकभरका दुई सय ९३ नगरपालिकामा आगामी आर्थिक वर्षदेखि यो कर लागू गर्न लागिएको हो ।
स्थानीय निकायमा ५८ नगरपालिका हुँदा स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार एकीकृत सम्पत्ति कर लागू गर्ने भनिए पनि ४८ वटा नगरपालिकाले मात्र लागू गरेका छन् ।ऐन लागू भएसँगै २०५६ सालदेखि धरान र इटहरी नगरपालिकाले यो कर कार्यान्वयन गरे पनि हालसम्म मुलुककै ठूला र उपत्यकाभित्रका काठमाडौं, ललितपुर, भक्तपुर लगायत १० पुराना नगरपालिकाले अझैसम्म घरजग्गा करमात्र लगाउँदै आएका छन् ।
नयाँ नगरपालिकामध्ये करिब ५० वटाले एकीकृत सम्पत्ति कर संकलन गर्न थालेका छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।