प्रतिनिधिसभा निर्वाचनमा ६७ जना नयाँ अनुहार विजयी भएका छन् । मंगलबार रातिसम्म १६४ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अब सुनसरी ३ मा मात्र मत गन्न बाँकी छ । सो क्षेत्रबाट कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिस्पर्धा छ । दुवैजना पूर्वसांसद हुन् ।
एमालेबाट नयाँ अनुहार धेरै निर्वाचित
१६५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेबाट धेरै नयाँ अनुहार निर्वाचित भएका छन् । एमालेबाट ४१, माओवादी केन्द्रबाट ११, कांग्रेसका तीन, संघीय समाजवादीबाट सात, राजपाबाट चार र राप्रपाबाट एकजना नयाँ अनुहारले जितेका छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नयाँ शक्तिका डा. बाबुराम भट्टराई र नेमकिपाका प्रेम सुवाल पूर्वसांसद हुन् । स्वतन्त्र रूपमा उम्मेदवारी दिएर नवलपरासी पश्चिम १ बाट निर्वाचित हृदयेश त्रिपाठी, कपिलवस्तु २ बाट निर्वाचित बृजेशकुमार गुप्ता र हुम्लाबाट निर्वाचित छक्कबहादुर लामा तीनैजना पूर्वसांसद हुन् ।
चारदेखि ६ पटकसम्म दोहोरिने सांसद
तीनदेखि लगातार ६ पटकसम्म निर्वाचित सांसदले संघीय संसद्मा प्रतिनिधित्व गर्दै छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट छैटौँपटक सांसदमा निर्वाचित भएका हुन् । उनी ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा निर्वाचित भएका हुन् । कांग्रेस नेता विजयकुमार गच्छदार सुनसरी ३ बाट ०४८ देखि तीनपटकसम्म कांग्रेसबाट र ०६४ र ७० मा फोरमबाट निर्वाचित भए ।
एमाले वरिष्ठ नेता झलनाथ खनाल ०५६ बाहेक ०४८ पछिका सबै निर्वाचनमा सांसद बन्दै आएका छन् । हाल उनी पाँचौँपटक सांसद बनेका हुन् । एमाले नेता सुवास नेम्वाङ इलामबाट ०५६ देखि हालसम्म चारपटक र उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा चौथोपटक सांसद निर्वाचित भएका छन् । यसअघि रोल्पा तथा दाङबाट चुनाव लड्दै आएका महरा यसपटक दाङ २ बाट निर्वाचित भए । एमालेको चुनाव चिह्न लिएर उठेका बृजेशकुमार गुप्ता चौथोपटक सांसद बनेका छन् । उनी ०५६ मा राप्रपा, ०६४ र ०७० मा सद्भावना पार्टी र हाल सूर्य चिह्न लिएर कपिलवस्तु २ बाट निर्वाचित भएका हुन् ।
यी हुन् तीनपटक सांसद बन्ने नेता
गोरखाबाट डा. बाबुराम भट्टराई लगातार तेस्रोपटक सांसद बनेका छन् । उनी दुईपटक माओवादी र एकपटक नयाँ शक्ति पार्टीबाट सांसदमा निर्वाचित भएका हुन् ।
कांग्रेसका प्रकाशमान सिंह काठमाडौं १ बाट लगातार तेस्रोपटक विजयी भएका छन् । माओवादी केन्द्रका जनार्दन शर्मा, एमालेका रवीन्द्र अधिकारी, कांग्रेस महामन्त्री डा. शशांक कोइराला, अभिशेकप्रताप साह लगातार तीनपटक सांसद बन्ने नेता हुन् ।
जो छैटौँपटक सांसद बन्न सकेनन्
०४८ देखि सांसद निर्वाचित हुँदै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल यसपटक पराजित भए । पाँचपटक लगातार सांसद बनेका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले यसपटक उम्मेदवारी दिएनन् । ०४८ देखि लगातार सांसद बन्दै आएका कांग्रेस नेता पूर्णबहादुर खड्का यसपटक सुर्खेतबाट पराजित भए ।
पहिलोपटक निर्वाचित सांसद
एमाले
राजेन्द्र गौतम, संखुवासभा
गोकुल बास्कोटा, काभ्रे २
महेश बस्नेत, भक्तपुर २
नन्दलाल रोकाया, बाँके ३
तिलक महत, नवलपुर २
नरबहादुर धामी, कञ्चनपुर २
पदम गिरी, पर्वत
यज्ञ बोगटी, अछाम २
जयकुमार राई, सुनसरी १
मेटमणि चौधरी, दाङ १
नवराज रावत, सुर्खेत २
लीलानाथ श्रेष्ठ, सिरहा ३
पवित्रा निरौला खरेल, झापा २
नारदमुनि राना थारू, कैलाली ५
कृष्णकुमार श्रेष्ठ किसान, तनहुँ १
केदार सिग्देल, तनहुँ २
हीराचन्द्र केसी, दाङ ३
नारायण खतिवडा, नुवाकोट २
राजबहादुर बुढा, दैलेख २
रवीन्द्रराज शर्मा, दैलेख १
ध्रुव शाही, सुर्खेत १
लालप्रसाद साँवा लिम्बू, झापा ४
जगत विश्वकर्मा, कास्की ३
राजेन्द्र राई, धनकुटा
नवराज सिलवाल, ललितपुर १
कृष्ण राई, काठमाडौं ३
घनश्याम खतिवडा, मोरङ १
जीवनराम श्रेष्ठ, काठमाडौं ८
भूमि त्रिपाठी, धादिङ १
खेम लोहनी, धादिङ २
डा. सूर्य पाठक, बाग्लुङ १
योगेश भट्टराई, ताप्लेजुङ १
लालबहादुर थापा, बाजुरा
िगोपाल बम, मुगु १
िभूपेन्द्रबहादुर थापा, म्याग्दी
िप्रेमप्रसाद तुलाचन, मुस्ताङ
पाल्देन छोपाङ गुरुङ, मनाङ
दीपकप्रकाश भट्ट, कञ्चनपुर ३
नारायण मरासिनी, स्याङ्जा १
पद्मा अर्याल, स्याङ्जा २
झपट रावल, कैलाली २
माओवादी केन्द्र
िसुरेशचन्द्र दास, सिरहा २
रामेश्वरराय यादव, सर्लाही ३
गजेन्द्र महत, जुम्ला
हिमाल किराती, उदयपुर २
हेमकुमार राई, सोलुखुम्बु
बिना मगर, कञ्चनपुर १
महेश्वर गहतराज, बाँके १
गंगाबहादुर तामाङ, काभ्रे १
चक्रपाणि खनाल, कपिलवस्तु १
दुर्गाबहादुर रावत, कालिकोट
हरि अधिकारी, गोरखा १
कांग्रेस
प्रमोदकुमार यादव, रुपन्देही ४
देवप्रसाद तिमल्सिना, रौतहट ४
मोहन आचार्य, रसुवा
संघीय समाजवादी फोरम
डा. सुरेन्द्र यादव, महोत्तरी ४
प्रदीप यादव, पर्सा १
विमलप्रसाद श्रीवास्तव, पर्सा २
हरिनारायण रौनियार, पर्सा ३
उमाशंकर अरगरिया, धनुषा २
रामबाबु यादव, बारा ३
डा= सूर्यनारायण यादव, सप्तरी १
राजपारिेशमलाल चौधरी, कैलाली १
प्रमोद साह, सर्लाही १
चन्द्रकान्त चौधरी, सप्तरी ३
एकवाल मियाँ, बारा ४
राप्रपा
राजेन्द्र लिङ्देन, झापा ३
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।