वाम गठवन्धन मकवानपुरद्वारा जारी विज्ञप्ति

हेटौँडा,२७ मंसिर,
सरकारले प्रदेश नंबर ३ को राजधानी भक्तपुरलाई बनाउन सिफारिस गरेपछि वाम गठवन्धन मकवानपुरले प्रदेशसको राजधानी हेटौँडा बनाउनुपर्ने भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

वाम गठवन्धनको तर्फबाट एमाले मकवानपुरकी अध्यक्ष तथा निर्वाचन परिचालन समिति संयोजक मुनु सिग्देल तथा माओवादी केन्द्र मकवानपुरका नेता तथा निर्वाचन परिचालन कमिटि सह स.योजक बलराम बलले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको सिफारिस लागु नगर्न माग गरिएको हो ।

सरकारका केहि मन्त्रीले हेटौँडालाई प्रदेशको राजधानी बनाइएको भन्दै प्रचार गरेर जनतालाई भ्रम छरेको भन्दै गठवन्धनले विरोध समेत गरेको छ ।

मकवानपुरलाई राजधानि बनाउनको लागि संघर्ष समिति निर्माण गरि विभिन्न आन्दोलन समेत भएको स्मरण गराउँदै विज्ञप्तिमा उक्त विषयलाई ध्यान दिन सरकारसँग माग गरिएको छ ।