

मंसिर २७,सुरुङ्गा, (झापा) – ९६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक आज झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम बंगाल आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम मियाँ रहेका छन् । उनलाई इप्रका दमकले दमक–६ स्थित सब्जी बजारबाट ४८ थान भारतीय रुपैयाँ दुई हजारको नोटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका मियाँलाई इप्रका दमकमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनलाई मुलुकी ऐनको महल–६ को दफा–८ अन्तर्गत खोटाचलन मुद्दा चलाइने तयारी भइरहेको प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।