काठमाडौँ, प्रत्यक्षमा ३६ सिट जितेको माओवादीले समानुपातिकमा भने त्यसको आधा अर्थात् १८ सिट जित्ने सम्भावना छ । कुल ५४ सांसदमध्ये ३३ प्रतिशत अर्थात् १८ जना महिला माओवादी प्रतिनिधि बन्नेछन् । तर, प्रत्यक्षमा ३ जना महिलाले जितिसकेकाले माओवादीले अब कम्तीमा १५ महिला पठाउनुपर्नेछ ।
३ सिट मात्रै पुरुषका लागि सुरक्षित रहनेछ । कुल १८ महिलामध्ये २ आदिवासी जनजाति र १ खस–आर्य महिलाले प्रत्यक्षबाट जितेका छन् । खस–आर्यबाट ६ जना महिलामध्ये १ जनाले जितिसकेकाले पाँच जनाले स्थान पाउन सक्छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
यस्तै प्रत्यक्षमा २२ सिट जितेको कांग्रेसले समानुपातिकको मतगणनाको रुझानअनुसार ४३ सिट पाउने सम्भावना छ । प्रतिनिधिसभाका कांग्रेसको कुल प्रतिनिधित्व ६५ भएमा ३३ प्रतिशत अर्थात् २२ महिलाले प्रवेश पाउनेछन् ।
प्रत्यक्षमा कांग्रेसका एकजना पनि महिलाले नजितेकाले २२ नै महिला समानुपातिकबाट पठाउनुपर्नेछ । त्यसो गर्दा पनि पुरुषका लागि २१ स्थान सुरक्षित हुनेछ । २१ जना पुरुष र २२ जना महिलामध्ये पनि विभिन्न समुदायबाट समानुपातिक प्रतिनिधित्व गराउनुपर्नेछ
प्रतिनिधिसभाको समानुपातिकतर्फ खसेको एक करोड पाँच लाखमध्ये हालसम्म आधा मत गनिएको छ ्र
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।