भीमफेदीमा निर्माण भएको सडकको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष हिदम लामा । तस्बिर : सुरेन्द्र थिके /खबरब्रेक

 सुरेन्द्र राज थीके’

भीमफेदी, २७ मंसिर
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले अव देशमा विकासको गति नरोकिने बताएका छन् । भीमफेदीको वडानं ५ को पावरहाउस ज्यामिरे सडक र्निमाण सम्पन्न भएको छ भएको अवसरमा उनले यस्तो बताएका हुन्

गाउँपालिकाको ९ लाख तथा स्थानीय जनश्राबाट दुइ लाख पचास हजार गरि
११ लाख ५० हजारको लागतमा सडक निर्माण भएको हो । सम्पन्न भएको सडक अनुगमन तथा स्तरकिरण कार्यक्रममा अध्यक्ष लामामले अव स.विधान कार्यन्वयनको काम सम्पन्न भैसकेको भन्दै अव विकासको गति नरोकिने र अव निर्माण हुने वाम सरकारले विकासको मुद्धालाई प्रमुख मुद्धा बताए ।

कार्यक्रममा बोल्दै भीमफेदी गाउँपालिका वडा नंबर ५ का वठा अध्यक्ष जहारसिंह लामाले भीमफेदीको विकासको लागि गाउँपालिकाले तिब्र ढंगबाट काम गर्ने बताए ।
कार्यक्रमम भीमफेदी गाउँपालिका वडा नंबर ६ का सचिव बद्री सापकोटा, पावरहाउस ज्यामिरे सडक र्निमाण समिति अध्यक्ष ज्ञान बहादुर सिकारी तथा र्निमला थापाको उपस्थित थियो ।