२६ मंसिर, इंग्लिश क्लब लिभरपुलका फरवार्ड मोहमद सलाहले ’बिबिसी अफ्रिकन बर्ष फुटबलर’ को उपाधि जितेका छन् । ‘बिबिसी अफ्रिकन बर्ष फुटबलर’ को मनोनयनमा परेका अन्य चार प्रतिस्प्रधीलाई पछि पार्दै इजिप्टका सलाहले उपाधि जितेका हुन् ।
बीबीसीले प्रत्येक बर्ष अनलाइन मतको आधारमा प्रदान गर्दै आएको यो उपाधि सलाहले पहिलोपटक जितेका हुन् । बीबीसीले मनोनयनमा परेका पाँच खेलाडीलाई भोटको लागि आफ्नो वेबसाइडमा भोटिङ पोल बनाएको थियो । उक्त एक महिने भोटिङ पोलमा आएको मतको आधारमा सलाहलाई उपाधि दिएको हो ।
सलाह अफ्रिकन बर्ष खेलाडीको मनोनयनमा पहिलोपटक परेका थिए । र, पहिलो मनोनयनमै सलाहले उपाधि जितेका छन् । उपाधि जितेपछि सलाहले यो अवार्डले क्लब र राष्ट्रको लागि थप केहि गर्ने उर्जा थपिएको बताए । २५ बर्षिय उनले भने, “यो अवार्ड जित्दा म एकदमै खुशी छु । बिशेष अनुभव गरिरहेको छु । म लिभरपुलका टिममेटलाई धन्यवाद दिन चाहान्छु । इजिप्टको लागि अझ राम्रो गर्ने छु ।”यो बर्ष इजिप्टलाई विश्वकपमा छनोट गराउन महत्वपूर्ण भूमिका खेलेका सलाह लिभरपुलमा समेत उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । सलाह यसै सिजन मात्र इटालियन क्लब रोमाबाट लिभरपुल एक हुन् । लिभरपुलको लागि यो सिजन सलाहले १३ गोल गरिसकेका छन् । लिभरपुललाई च्याम्पियन्स लिगको अन्तिम १६ मा पुराउन सलाहले महत्वपूर्ण भूमिका खेलेका छन् ।
अफ्रिकन बर्ष फुटबल खेलाडीको मनोनयनमा गोबान तथा जर्मन क्लब बोरुसिया डर्टमुण्डका पिएर एमरिक औबामेयाङ । लिभरपुलकै साडियो माने, चेल्सीका भिक्टोर मोसेस र जर्मन क्लब आरबी लेपजिङका नेबी केइटा परेका थिए । यो बर्ष गत बर्षका बिजेता लेष्टर सिटीका रियाद महरेज भने मनोनयनमा परेका थिएनन् ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।