चलचित्र माई लभ यूनिट हेटौँडामा पत्रकार सम्मेलनको विषयमा जानकारी दिदै चलचित्र यूनिट । तस्बिर : खबरब्रेक

हेटौँडा,२६ मंसिर,
गत २०७२ साल वैशाख १२ गते गएको भुकम्पको विषयमा आधारित रहेर निर्माण गरेको चलचित्र माई लभ हेर्ने दर्शकको लागि चलचित्र यूनिटले नयाँ योजना ल्याएको छ ।
माई लभ हेर्ने दर्शकमध्ये एकजनालो गोलाप्रथाद्वारा जापान जाने मौका प्राप्त गर्नैछन् । माई लभ यूनिटले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी गराएको हो ।
नेपाली तथा जापनीज भाषामा निर्माण गरिएको चलचित्र हेर्ने दर्शकले हलमा लिएको टिकट नंबर र आफ्नो नाम, ठेगना सहितको जानकारी माई लभ चलचित्रको फेसबुक पेजको इनबक्समा हाल्नु पर्ने र सोहि आधारमा विजेता छानिने जनाईएको छ ।
३ करोड ५० लाख रुपैँयामा निर्माण गरिएको चलचित्रले भुकम्पको समयमा जापानीहरुले गरेको सहयोग तथा नेपालमा भएको समस्याको विषयमा उजागर गर्न खोजेको चलचित्रका निर्माता तथा कलाकार गणेश लामाले बताए ।
चलचित्रलाई जापान तथा नेपालमा खिचिएको छ । संभवत अन्तराष्टिय भाषामा निर्माण भएको यो पहिलो चलचित्रलाई जापनी निर्देशक डाक्टर तोसिआकी इतोहले निर्देशक गरेका हुन् । उनी नेपाली चलचित्रको विषयमा पिएचडी गर्ने पहिलो विदेशी नागरिक समेत हुन् ।
कार्यक्रममा बोल्दै चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जनले नेपाली चलचित्र क्षेत्रमा विदेशी लगानी भित्रनु राम्रो कार्य भएको बताए ।
कार्यक्रममा चलचित्रका कलाकारहरु गणेश लामा, शितल श्रेष्ठ, रिवन मित्सुतानी लगाएतको अभिनय रहेको छ । चलचित्र मंसिर २९ बाट अल नेपाल रिलिज हुँदैछ ।