हेटौँडा,२६ मंसिर,
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक मत गणना अहिले पनि मकवानपुरमा जारी रहेको छ । मंगलबार बिहान १० बजेसम्मको ताजा परिणामा एमालेले नेपाली कांग्रेसभन्दा दोब्बर अग्रता कायम गरेको छ ।
ताजा अवस्थामा प्रतिनिधिसभा क्षेत्र नंबर १ र २ दुबैमा एमालेले नेपाली कांग्रेसभन्दा दोब्बर मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले नेपाली कँंग्रेसलाई पच्छ्याई रहँदा राप्रपा पनि चौथो मतको साथमा रहेको छ ।
मकवानपुरको सन्र्दभमा विवेकशीलले पाँचौ स्थान हाँसील गर्दा नयाँ शक्ति पार्टी नेपाल छैठौ भएको छ ।
यस्तो छ हालसम्मको मत परिणाम
नेकपा एमाले : २९०६२
नेपाली कांग्रेस : १६२१०
माओवादी केन्द्र : १२४६०
राप्रपा : १०२२१
विवेकशील साझा : १९५४
नयाँ शक्ती : ४३०