मङ्सिर २६,नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त भएकी छन् । चलचित्र विकास बोर्डमा पहिलो पटक महिला नेतृका रुपमा निकिता पौडेल नियुक्त भएकी हुन् ।

दोलखाको फिल्म सिटी निर्माण सम्पन्न, बक्स अफिस, नेपाली चलचित्राई विदेशमा प्रदर्शन सहज बनाउने, निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकहरुको संरक्षणका लागि महत्वपूर्ण काम गर्ने, विदेशी चलचित्रको नेपालमा छायांकन सहज बनाउने आफ्नो प्राथमिकतामा रहेको नव नियुक्त अध्यक्ष पाडेलले बताएकी छन् । पौडेल टि.भि.फिल्मी, रेडियो फिल्मीकी सञ्चालक समेत हुन् । उनी चलचित्रकर्मी उद्धव पौडेलकी छोरी हुन् ।