हेटौँडा,२६ मंसिर,
राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ बाट पुरानै प्रतिस्पर्धी कृष्णप्रसाद दाहालसँग पराजित भएपछि राप्रपा मकवानपुरमा फेरिपनि राजिनामाको चर्चा सुरु भएको छ ।
गत बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा राप्रपाबाट मकवानपुरबाट एक जना मात्र सदस्यमात्र विजयी भएको र जिल्लाम राप्रपाको अवस्था नकै खस्किएको भन्दै राप्रपा मकवानपुरका तात्कालिन अध्यक्ष रामहरी न्यौपानेलाई राजिनामा दिन वाध्य पारिएको थियो ।
अध्यक्षमा निर्वाचित भएको केहि समयमात्र भएका न्यौपानलेलाई राजिनामा दिन वाध्य वनाएर अध्यक्ष बनेका कमल थापाका भाई गणेश थापाले अध्यक्ष भएपछि गरिएको पत्रकार सम्मेलनमा भनेका थिए ः म राप्रपा जिताउनको लागि अध्यक्ष भएको हुँ, राप्रपा अव पहिले जस्तो रहदैन, मेरो एकमात्र काम राप्रपा जिताउनु हो, मकवानपुरमा कमल थापालाई विजयी बनाउनु हो, नत्र म नै किन अध्यक्ष हुनुपर्छ र ?
तर थापाले भनेजस्तो प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले मकवानपुरबाट जित्न सकेन । कांग्रेसको साथमा उम्मेद्वार बनेका पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले वाम उम्मेद्वार एमालेका कृष्ण दाहालसँग पराजय भोग्नु पर्यो । जिल्लाको सबै क्षेत्र कांग्रेसलाई बुझाएर एक क्षेत्रमा मात्र अध्यक्षलाई जिताउने राप्रपा मकवानपुरको योजना पुरै फेल भयो । योजना फेल हुनु भनेको राप्रपाको नेतृत्व फेल हुनु र नेतृत्व भनेको गणेश थापा भएकोले अव उनले राजीनामा दिएर राप्रपालाई मकवानपुरमा पुर्नसंरचना गर्नुपर्ने आवाजहरु राप्रपाभित्र विस्तारै उठन थालिसकेको छ ।
गणेश थापाको राजिनामाको विषयमा खबरब्रेकले राप्रपा मकवानुरका केहि पुराना, केहि नयाँ तथा केहि युवा नेताहरुसँग प्रतिक्रिया माग्दा सबैले समान जवाफ दिएका छन् । अब राप्रपामा नेतृत्व परिवर्तन हुनुपर्दछ र राप्रपाले संगठन निर्माण र मजबुत बनाउन लाग्नु पर्दछ ।
स्थानीय निर्वाचन हारेपछि अध्यक्षबाट राजिनामा दिन बाध्य बनाउने राप्रपा मकवानपुरले त्यो भन्दा पनि ठुलो पार्टी अध्यक्षनै प्रतिनिधिसभामा पराजित बनेपछि अब अध्यक्ष गणेश थापाको राजिनामा माग्छ कि माग्दैन, त्यो भने सोचनिय विषय बनेको छ ।